हकप्रद पाउन अपर तामाकोशीमा झुम्मिए लगानीकर्ता, चालु आर्थिक वर्षको अन्तिम दिन यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । चालु् आर्थिक वर्ष २०७८।०७९ को अन्तिम दिन शेयरबजारमा सामान्य सुधार आएको छ । आज नेप्से परिसूचक ७ अंकले बढ्न पुगेको हो ।
आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४५ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
यस आर्थिक वर्षमा शेयरबजारमा निकै उतारचढाव आए चालु आवको सुरुवातमा शेयरबजारमा २१ अर्बसम्मको कारोबार भएको थियो । त्यसलगत्तै यताका महिनाहरुमा कारोबार घट्दै एक अर्बभन्दा मुनिको कारोबारमा सीमित हु्न पुगेको थियो ।
आज करिब डेढ अर्बको कारोबार हुँदा सर्वाधिक अपर तामाकोशी हाइड्रोपावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन १९ करोड ७२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको हो ।
त्यस्तै, एभरेष्ट बैंकको ६ करोड ९४ लाख, किसान लघुवित्तको ५ करोड ५८ लाख, हिमालयन डिस्टिलरीको ४ करोड ४८ लाख र अरुण काबेली पावरको ४ करोड ३३ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।














