९ कम्पनीको शेयरमा सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन शुक्रबार नेप्सेमा सामान्य सुधार देखिएको छ । यस आर्थिक वर्षमा शेयरबजारमा निकै उतारचढाव आए । केही महिनायता घट्दै गएको शेयरबजारमा यस आवको अन्तिम दिन झिनो अंकले बढेर कारोबार बन्द हुन पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४५ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
सामान्य अंकले नेप्से सूचक बढ्दा आज केही कम्पनीहरुको शेयरमूल्य बढ्न पुगेको छ । आज ९ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किैट लाग्नेमा नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर, माछापुच्टछ्रे डिबेञ्चर, सानिमा बैंक डिबेञ्चर, नबिल ब्यालेन्स्ड फण्ड, एनआइसी एशिया डिबेञ्चर, कृषि विकास बैंकको डिबेञ्चर, आरबिबि म्युचुअल फण्ड, सामुदायिक घलुवित्त र माछापुच्टछ्रे बैंक रहेका छन् ।














