नेप्सेमा थप एक लघुवित्तको १७ लाख ९१ हजार कित्ता बोनस शेयर सूचीकृत

३१ असार २०७९, शुक्रबार १३:५०

काठमाडौं । नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट पारित भएको १९ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

संस्थाले सो प्रतिशत दरका १७ लाख ९१ हजार ७०० कित्ता बोनस शेयर सूचीकृत गराएको हो । सूचीकृत पश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*