राष्ट्रिय बाणिज्य बैंकको सर्भर डाउन, हजारौं सेवाग्राही फर्किए

३१ असार २०७९, शुक्रबार १४:४३

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको सर्भर नचल्दा हजारौं सेवाग्राहीले सास्ती भोग्नु परेको छ । बैंकको आज करिब १२ बजेदेखि सर्भर डाउन भएको निक्षेप संकलनका लागि गएका एक सेवाग्राहीले बताए ।

बैंकको सिस्टम वा सर्भर नचल्दा हजारौं सेवाग्राहीले निक्षेप संकलन र रकम झिक्न नपाएको सेवाग्राहीहरुको गुनासो छ ।

राष्ट्रिय वाणिज्य बैंक पुतलीसडक शाखामा आज रकम निकाल्न तथा संकलन गर्न गएका सेवाग्राहीले सोही कारण आज आफ्नो काम नभई फर्किनु परेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*