कामना सेवा विकास बैंकद्वारा हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण

३१ असार २०७९, शुक्रबार १७:००

काठमाण्डौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोङ्गबु मार्फत काठमाडौं जिल्ला टोखा ने.पा.वडा नम्बर ०६ धापासीस्थित हरिहर मन्दिरलाई हिजो (असार ३०) गते, कुर्चीहरु हस्तान्तरण गरेको छ ।

उक्त कुर्चीहरुले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई बस्नको लागि सहज होस्‌ भन्ने उद्देश्यका साथ प्रदान गरेको हो । बैंकको काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख केदार नाथ शर्माले हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दामोदर ढकाललाई उक्त कुर्चीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अन्य सदस्यहरु, स्थानीयहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*