चालु आर्थिक बर्षभित्र २८ कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति

काठमाडौं । २८ कम्पनीहरुले चालु आर्थिक वर्षमा नेपाल धितोपत्र बोर्डबाट आईपीओ जारी गर्ने अनुमति पाएका छन् । चालु आवमा आईपीओ निष्कासनको अनुमति पाउनेमा अधिंकाश जलविद्युत कम्पनी र लघुवित्त कम्पनी छन्। बाँकि अन्य कम्पनीहरु पनि आईपीओ पाइपलाईनको प्रकृयामा रहेका छन् । अर्को आर्थिक बर्षमा आइपीओ निष्काशन गर्ने प्रकृयामा रहेका छन् ।
आईपीओ निष्कासनको अनुमति पाउनेमा जलविद्युत कम्पनीहरु बढी देखिएका छन् । यो चालु आर्थिक वर्षमा १९ वटा हाइड्रोपावर कम्पनीले आईपीओ अनुमति पाएका छन्। त्यसैगरी, आठ वटा लघुवित्तले आईपीओ निष्कासनको अनुमति पाएका छन्। एउटा लगानी भएका कम्पनी पनि रहेको छ ।
यी कम्पनीले २३ अर्ब ४६ करोड ९५ लाख ३७ हजार ९०० रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति पाएका छन्। ती कम्पनीमध्ये २५ वटा कम्पनीले आईपीओ निष्कासन गरिसकेका छन् भने ३ वटाले निष्कासन गर्न बाँकी रहेको छ।
त्यस्तै, २५ कम्पनीका आईपीओ अनुमतिको पर्खाइमा छन् । तीमध्ये १४ वटा जलविद्युत, ४ वटा लघुवित्त, २ वटा बीमा, २ वटा होटेल तथा पर्यटन समूहका, २ वटा अन्य समूहका र एउटा लगानी समूहका कम्पनीका छन्।













