बरुण हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

१ श्रावण २०७९, आईतवार ११:२१

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन २ गते बुक क्लोज गरेसँगै साउन १ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम रहेको चुक्तापूँजी २६ करोड ७९ लाख बराबरको १०० अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

उक्त कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाइसकेको छ । विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*