सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा

१ श्रावण २०७९, आईतवार ११:३०

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको ५६ हजार १४ कित्ता संस्थापक शेयर संस्थाका संस्थापक शेयरधनीका लागि विक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयरमा इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय बनेपा –१३ साँगा, काभ्रेपलाञ्चोकमा आफूले खरीद गर्ने शेयर कित्ता संख्याको व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

उक्त समयमा कुनै पनि निवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति वा संस्थाका लागि विक्रीका लागि आवश्यक प्रकिया अगाडी बढाइने कम्पनीले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*