शेयर कारोबार रोक्काको बिषय सहजीकरण गर्ने तयारीमा छौ :अध्यक्ष हमाल

१ श्रावण २०७९, आईतवार १४:२३

काठमाडौं । नेपाल धितोपत्र बोडका अध्यक्ष रमेश कुमार हमालल शेयर कारोबार रोक्का बिषयमा सहजीकरण गर्ने तयारीमा रहेको बताएका छन् । उनले मर्जरमा जाने कम्पनीहरुको दोस्रो बजार कारोबार निश्चित अवधिका लागि रोक्का हुनुपर्ने भन्दै त्यसलाई कसरी सहजीकरण गर्ने भन्ने बिषयतर्फ बोर्ड लागिरहेको बताएका छन् ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीचको मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको आज एकीकृत कारोबार मा बोल्दै उनले यस्तो बताएका हुन् । हमालले मर्जर प्रयोजनबाहेक बीचमा आउने अन्य कारणबाट कुनै पनि कम्पनीको कारोबार लामो समयसम्म रोकिन नहुनेमाकार्यक्रममा बताए ।

रोक्का रहेको शेयर कारोबार लामो समय नराकियोस् भनेर धितोपत्र बोर्ड र हालै गठित टास्क फोर्सले काम गरिरहेको उल्लेख गर्दै हमालले यस विषयमा चाँडै केही सहज व्यवस्था आउने बताए।धितोपत्र बोर्ड सधैँ लगानीकर्ताको हितको पक्षमा रहेको जिकिर गर्दै हमालले बोर्डले गरिरहेका राम्रा कामको विषयमा मिडियाहरुले सहयोग नगरेको गुनासो पनि गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*