बरुण हाइड्रोपावरको शेयरमूल्य समायोजन

१ श्रावण २०७९, आईतवार १८:३३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ ।

कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्न बुकक्लोज गर्ने भएसँगै आज नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम ४४३ रुपैयाँका आधारमा नेप्सेले हकप्रद निष्काशन गर्न बुकक्लोज गरेपछिको शेयरमूल्य २७१ रुपैयाँ ५० पैसा कायम गरेको छ । सोही मूल्यका आधारमा नै भोलि शेयरबजारमा कारोबार खुल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*