बिजय लुघवित्तको १२ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
३ श्रावण २०७९, मंगलवार ११:२७

काठमाण्डौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १२ हजार १३८ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले सो शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।
संस्थाले उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकेको छ । यसअनुसार शेयरधनीहरुले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी दरखास्त दिनुपर्नेछ ।
सो शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गैंडाकोट–५ नवरपरासीमा लिखित आवेदन दिन सक्नेछन् । साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।













