सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, १ लाख २१ हजार कित्ता आइपीओ बिकेन
३ श्रावण २०७९, मंगलवार ११:३५

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले असार २ गतेदेखि असार २४ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपाकिलाका बासिन्दाहरुका निमित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख कित्ता आइपीओ निष्काशन गरेकोमा रितपूर्वक आवेदन दिनेहरुका लागि १ लाख ७८ हजार ९४० कित्ता आइपीओ साउन २ गतेका दिन बाँडफाँड गरिएको हो ।
साथै शेयर बाँडफाँड सम्बन्धि विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट https://www.niblcapital.com/ मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।













