किसान लघुवित्तका का.मु सिइओ र डिसिइओद्धारा एकैपटक राजिनामा
३ श्रावण २०७९, मंगलवार १२:११

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (का.मु.सिइओ) देबेन्द्र बहादुर शाह र नायब प्रमुख कार्यकारी अधिकृत बखत बहादुर बटालाले एकैपटक राजिनामा दिएका छन् ।
संस्थाका दुई उच्च अधिकारीहरुले आ–आफ्नो घरायसी समस्या देखाई सो पदबाट दिएको राजिनामा कम्पनीको संचालक समितिको साउन २ गते बसेको बैठकले दुवैको राजिनामा स्वीकृत गरेको हो ।
का.मु. सिइओ र डिसिइओको राजिनामा संचालक समितिको बैठकले भदौ १ गतेदेखि लागूहुनेगरी स्वीकृत गरेको हो ।














