आज यी कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कतिले ?
३ श्रावण २०७९, मंगलवार १५:१९

काठमाडौं । बजार आज १६.२० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०४५.६३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.८० अंकले बढेर ३९१.५६ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढी भएको छ।
इमजीङ नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ८।०१ प्रतिशतले बढेको छ ।
त्यस्तै, गण्पती लघुवित्त, ग्रिन भेञ्चर, आइसीएफसी फाइनान्स, गृहेश्वरी मचेन्र्ट, रुरु जलविधुत्, पोखरा फाइनान्स, सिईबिडि, आरएमडिसी लघुवित्त र जालपाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।














