लक्ष्मी लघुवित्त र खल्ती एपबीच सम्झौता, किस्ता तिर्दा अब क्यासब्याक पाइने

३ श्रावण २०७९, मंगलवार १७:२६

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड र अनलाइन डिजिटल भुक्तानी माध्यम ‘खल्ती’बीच एएमआई भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौताअनुसार अब लक्ष्मी लघुवित्तका सदस्यहरुले संस्थाको किस्ता खल्ती एपमार्फत तिर्न सकिने र किस्ता तिर्दा क्यासब्याक पाइने भएको छ ।

प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गरी ५ प्रतिशत क्यासब्याक (५० रुपैयाँसम्म) प्राप्त गर्न सकिने भएको छ । उक्त अफर भदौ ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*