आदर्श लघुवित्तको शेयर आजपनि कारोबारमा आएन

काठमाडौं । आदर्श लघुवित्तको शेयर आजपनि कारोबारमा आउन सकेन । सोमबार सूचीकृत भएको संस्थाको शेयर मंगलबारदेखि कारोबारमा आउनुपर्नेमा सो दिन प्रि–ओपनिङ्ग सेसनमा शेयर म्याचिङ नभएको कारण कारोबारमा आएको थिएन ।
आज पनि लघुवित्तको शेयर प्रि–ओपनिङ्ग सेसनमा म्याचिङ्ग हुन नसक्दा कारोबारमा नआएको हो । अब कम्पनीको शेयर बिहिबार स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि मात्र नियमित समयमा कारोबारमा आउनेछ ।
नेप्सेले संस्थाको शेयर पहिलो कारोबारको लागि १२२ रुपैयाँ ८८ पैसादेखि ३६८ रुपैयाँ ६४ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिशेयर नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ६७ हजार कित्ता र संस्थापकले लगानी गरेको १ लाख ४० हजार कित्ता गरेर कुल २ लाख ७ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।













