नेप्सेमा झिनो अंकको सुधार, हाइड्रोपावरसहित ५ उपसूचक घट्दा कारोबार खुम्चियो

४ श्रावण २०७९, बुधबार १५:१७

काठमाडौं । चालु आर्थिक वर्षको चारदिनयता शेयरबजारमा क्रमिक सुधार देखिएको छ । पछिल्लो समय घट्दै आइरहेको शेयरबजार चालु आर्थिक वर्षमा केही सुधार देखिएको हो ।

आज नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५० को विन्दुमा कायम भएको छ । तर पनि शेयरबजारमा लगानीकर्ताहरुले चाहेजस्तो सुधार हुन सकेको छैन । लगानीकर्ताहरु चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पुँजीबजार सुधारका लागि नीति आउने आशामा छन् ।

आज नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज पाँच समूह बाहेकका सबै सूचकमा हरियाली छाएको छ ।

बुधबार बैकिङ्ग, व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर र जीवन बीमा समूह घट्न पुगेको छ भने सर्वाधिक उत्पादन तथा प्रशोधन समूहको चमत्कारिक बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*