मुक्तिनाथ विकास बैंक ‘द बिज २०२२ अवार्ड’ बाट सम्मानित

५ श्रावण २०७९, बिहीबार १२:४१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड ‘द बिज अवार्ड २०२२’ द्धारा सम्मानित भएको छ ।

वल्र्ड कन्फेडेरेसन अफ बिजनेसद्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वल्र्ड ‘द बिज अवार्ड २०२२’ द्वारा विभिन्न ६ विघाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मुल्याङ्कन गरी उक्त संगठनबाट मुक्तिनाथ विकास बैंक लिमिटेड सम्मानित भएको हो ।

उक्त कार्यक्रमका आयोजनाकर्ता विश्वभरीका १३० वटा देशहरुका ३,५०० भन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ । मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा व्यापार उत्कृष्टता प्रमाणपत्र द्वारा र यस बैंकमा प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेललाई पनि व्यापार उत्कृष्टता प्रमाणपत्र वल्र्ड कन्फेडेरेसन अफ बिजनेसले सम्मानित गरेको हो ।

यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरुका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको छ । बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने ‘ग्लोबल एसएमई अवार्ड २०२१’ को एसएमई फाइनान्सर अफ द इयर– एशिया विधामा पनि बैंक सम्मानित भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*