ऋणपत्र निष्काशन गर्न अनुमति माग्दै दुई बैंकले दिए बोर्डमा निवेदन

५ श्रावण २०७९, बिहीबार १४:२१

काठमाडौं । दुई बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा ऋणपत्र निष्काशनको अनुमति माग्दै निवेदन पेश गरेका छन् ।

लुम्बिनी विकास बैंक र कुमारी बैंकल ऋणपत्र निष्काशन गर्न बोर्डमा आवेदन दिएका हुन् । यी कम्पनीले क्रमश असार ३० र असार ३१ मा बोर्डमा आवेदन दिएका हुन् ।

सेबोनले स्वीकृति दिएबमोजिम लुम्बिनी विकास बैंकले अंकित मूल्य १००० दरको १ अर्बले हुन आउने १० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । १० लाख कित्ता मध्ये ४ लाख कित्ता सर्बसाधारणलाई र ६ लाख कित्ता ब्यतिगत तबर बाट बिक्रि हुनेछ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ११ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

त्यस्तै बोर्डबाट अनुमति पाएपश्चात कुमारी बैंकले अंकित मूल्य १००० दरको ३ अर्बले हुन आउने ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । ३० लाख कित्ता मध्ये १२ लाख कित्ता सर्बसाधारणलाई र १८ लाख कित्ता ब्यतिगत तबर बाट बिक्रि हुनेछ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ११ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

लुम्बिनी विकास बैंकको ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ भने कुमारी बैंकको ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*