झिनो अंकले घटेको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । चालु आर्थिक वर्ष सुरुभएसँगै क्रमिक सुधार देखिएको शेयरबजारको उकालो यात्रामा ब्रेक लागेको छ । बिहिबार शेयरबजारमा झिनो अंकको गिरावट आएको हो ।
पछिल्लो समय शेयरबजारमा खासै सुधार नआएकोले शेयर लगानीकर्ताहरु आगामी मौद्रिक नीतिको पर्खाइमा छन् । शेयरबजार सुधारका निमित्त मौद्रिक नीतिमा केही सकारात्मक पक्षहरु समावेश हुने लगानीर्ताहरु आशामा बसेका छन् ।
आज नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ८० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको हो ।
त्यस्तै, एनआइसी एशिया बैंकको ११ करोड २२ लाख, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड २८ लाख, हिमालयन डिस्टिलरीको ६ करोड २ लाख र नेपाल एसबिआई बैंकको ४ करोड १२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।














