झिनो अंकले घट्यो नेप्से, ११ उपसूचक राताम्य हुँदा बैकिङ्ग समुह चम्कियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।०८० सुरुभएसँगै क्रमिक सुधार देखिएको शेयरबजारको उकालो यात्रामा ब्रेक लागेको छ । बिहिबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ ।
शेयरबजारमा पछिल्लो समय रौनकता घट्दै गइरहेको छ जसकारण पुँजीबाजरमा कारोबार घट्दै गइरहेको छ । लगानीकर्ताहरु पुँजीबजार सुधारको लागि नीति आउने सक्ने मौद्रिक नीतिको पर्खाइमा रहेका छन् ।
आज नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसुचकमध्ये २ समूहबाहेकका सबै सूचक राताम्य भएका छन् । आज अन्य समूह र बैकिङ्ग समूह मात्रै बढेको छ । त्यस्तै सर्वाधिक घट्नेमा जीवन बीमा समूहको १५० रुपैयाँ ३४ पैसाले घट्न पुगेको छ ।













