किसान लघुवित्त सहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
६ श्रावण २०७९, शुक्रबार १३:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४ बजे मौद्रिक नीति सार्वजनिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीति सार्वजनिक गर्ने दिन एवं साताको अन्तिम कारोबारको दिन नेप्से २७।२६ अंकलेघट्दा २०१७।४६ को विन्दुमा कायम भएको छ । किसान लघुवित्तका लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन् । लघुवित्तको शेयर ८।४१ प्रतिशतले बढेको छ ।
त्यस्तै, गणपती लघुवित्त, नयाँ सारथी लघुवित्त, सेन्ट्रल फाइनान्स, सानिमा लार्ज क्यापिटल फण्ड, गुडबिल फाइनान्स, प्रभु सेलेक्ट फण्ड, स्वालम्बन लघुवित्त, राष्ट्रिय बीमा कम्पनी र मैलुङ खोलाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।















