तरलता थप कसिलो बनाउने राष्ट्र बैंकको घोषणा, विकास बैंक बैंकमा ८८ र बाणिज्य बैंकमा ९० प्रतिशत सिडी रेसियो कायम
६ श्रावण २०७९, शुक्रबार १६:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात अनुपात १ प्रतिशतले बृद्धि गरिने जनाएकोछ ।
आज आर्थिक वर्ष २०७९।८० को लागि मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर अधिकारीले २०७९ भदौ १ गतेदेखि लागू हुनेगरी नगद मौज्दात अनुपात १ प्रतिशतले बृद्धि गरि ४ प्रतिशत पुर्याइने जनाएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपातलाई बृद्धि गरि पुष मसान्तसम्ममा वाणिज्य बैंकहरुले १० प्रतिशत र विकास बैंक र वित्त कम्पनीहरुले १२ प्रतिशत पुर्याउनुपर्ने व्यवस्था गरिने जनाएको छ । नयाँ व्यवस्था अनुसार विकास बैंकको सिडी रेसियो ८८ र बाणिज्य बैंकहरुको सिडी रेसियो ९० प्रतिशत नै कायम हुने भएको छ ।













