लघुवित्त संस्थाहरुले पुँजीकोष बराबरको ऋणपत्र जारी गर्न पाउने
६ श्रावण २०७९, शुक्रबार १७:०६

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गर्न पाउने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तै बताएका हुन् ।
लघुवित्त संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्ने पाउने भएका छन् ।












