घरजग्गा धितोमा ऋण लिन कडाई, कूल धितोको ३० प्रतिशत मात्रै ऋण पाइने

काठमाडौं । सरकारले घरजग्गा धितोमा प्रवाह हुने कर्जामा कडाई गरेको छ । अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा कडाई गर्ने लक्ष्यमा अघि बढेको सरकारले अब देखि घर जग्गा धितोमा प्रयोजन नखुलेक कर्जाहरुमा कडाई गर्दै फेयर भ्यालुको जम्मा ३० प्रतिशत मात्रै कर्जा दिन पाइने व्यवस्था गरेको छ ।
यसअघि व्यक्तिगत कर्जा, पहिचान नखुलेका कर्जाहरुमा कूल सम्पत्तिको मूल्यको ५० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था रहेकोमा चालु आवको मौद्रिक नीतिमार्फत घरजग्गा धितो राखेर लिइने ऋणमा कडाई गर्ने निर्णय गरेको हो ।
नयाँ व्यवस्थासँगै एक करोड रुपैयाँको जग्गा किन्दा जम्मा ३० लाख मात्रै ऋण पाउनेछन् । यसले घरजग्गाको कारोबार निरुत्साहित हुने विश्वास लिइएको छ । काठमाडौं उपत्यका बाहिर भने कूल धितोको ४० प्रतिशतसम्म ऋण पाइने व्यवस्था गरेको छ ।












