यस कारण प्रभु बैंकको नाफामा देखियो उल्लेख्य सुधार

काठमाडौं । प्रभु बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१।११ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३।०३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २६।७६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १८।३६ प्रतिशत र सञ्चालन मुनाफा ४७।७५ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको ३८ करोड ७९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ९ईपीएस० पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ३० पैसा बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १०।१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ १६ पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष २३।८२ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ८।३७ प्रतिशत र कर्जा ८।०३ प्रतिशत बढेको छ।













