सानिमा बैंकको खुद नाफा घट्यो, रिजर्भको आकार २३ प्रतिशतले बढ्दा इपिएस कति ?

७ श्रावण २०७९, शनिबार १३:४९

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा गिरावट आएको छ ।

बैंकले गत आवको असार मसान्तसम्ममा १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.०७ प्रतिशतले कमी हो । अघिल्लो आवको यसै अवधिसम्म बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी सामान्य बढेको छ भने संचालन मुनाफा घट्न पुगेको छ । खुद ब्याज आम्दानी ५.३५ प्रतिशतले बढेर ४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ भने संचालन नाफा १.७६ प्रतिशतले घटेर ३ अर्ब २५ करोड रुपैयाँमा सीमित हुन पुगेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ २४ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ५१ रुपैयाँ ०१ पैसा, प्रतिसेयर कुल सम्पति १ हजार ६ सय ९९ रुपैयाँ ३४ पैसा, तरलता अनुपात २७.०७ प्रतिशत र मूल्य आम्दानी अनुपात १३.६३ रहेको छ ।

गत आवको असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.३५ प्रतिशत, बेसरेट ९.७१ प्रतिशत, स्प्रेडदर ३.८६ प्रतिशत र सीडी रेसियो ८६.३६ प्रतिशत कायम छ ।

त्यस्तै, यस अवधिसम्म बैंकको चुक्तापुँजी १७ प्रतिशतले बढेर ११ अर्ब ३२ करोड रुपैयाँ पुगेकोमा रिभर्जको आकार २२.९२ प्रतिशतले बढेर ४ अर्ब ३० करोड रुपैयाँ संचित रहेको छ ।

बैंकले यस अवधिसम्मम १ खर्ब ५७ अर्ब ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३७ अर्ब १६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*