खुद ब्याज आम्दानी बढेसँगै सनराइज बैंकको नाफा सवा २ अर्बमाथि, अन्य सूचक कस्तो ?

७ श्रावण २०७९, शनिबार १४:१८

काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षमा मात्रै २ अर्ब १५ करोड रुर्पैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नाफा बढ्न पुगेको हो ।

यस अवधिसम्म बैंकको खुद नाफा ४८.६९ प्रतिशतले बढ्न पुगेको हो । अघिल्लो आवको यसै अवधिसम्म बैंकले १ अर्ब ४४ करोड रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २९.९६ प्रतिशतले बढेर ४ अर्ब ५८ करोड रुपैयाँ र संचालन मुनाफा १९.८९ प्रतिशतले बढेर २ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा दुबै बढ्न पुग्दा नाफामा सुधार आएको हो ।
त्यस्तै, नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी (इपिएस) २१ रुपैयाँ २६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ६५ रुपैयाँ २९ पैसा पुगेको छ । त्यस्तै तरलता अनुपात २५.१३ प्रतिशत र मूल्य आम्दानी अनुपात ९.७४ रहेको छ ।

गत आवको असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.४० प्रतिशत, बेसरेट १०.०१ प्रतिशत, स्प्रेडदर ४.३७ प्रतिशत र सीडी रेसियो ८६.३० प्रतिशत कायम छ ।

यस अवधिसम्म बैंकको चुक्तापुँजी १० अर्ब ११ करोड रुपैयाँ पुगेकोमा जगेडा कोषको आकार बढेर ५ अर्ब ९ करोड रुपैयाँ संचित रहेको छ । त्यस्तै, बैंकले यस अवधिसम्म १ खर्ब ३१ खर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब २० अर्ब १४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*