चालु आर्थिक वर्षमा मात्रै नेप्सेमा १ करोड ६२ लाख कित्ता बोनस शेयर सूचीकृत

७ श्रावण २०७९, शनिबार १५:१९

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० मा मात्रै तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा साउन महिनाको ७ गतेसम्म अर्थात् चालु आर्थिक वर्षको एकसाताभित्र नयाँ सारथी लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) र आइएमई जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।

यी तीनैवटा कम्पनीको छट्टाछुट्टै वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नयाँ सारथीको १९ प्रतिशत दरका ४ लाख ८४ हजार ४१२ कित्ता, एचआइडिसिएलको ८ प्रतिशत दरका १ करोड ४९ लाख ६० हजार कित्ता र आइएमई जनरल इन्स्योरेन्सको ७ प्रतिशत दरका ८ लाख १० हजार ३१० कित्ता गरी कुल १ करोड ६२ लाख ५४ हजार ७२२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

उक्त शेयरहरु सम्बन्धित शेयरधनीको हितग्राही खातामा आउन बाँकी नै छ । सो कम्पनीहरुले आफ्ना शेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस शेयर जम्मा गरिदिएपछि मात्रै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*