अपर तामाकोशी हाइड्रोपावरले डाक्यो साधारण सभा, शेयरधनीलाई छैन लाभांश

८ श्रावण २०७९, आईतवार ११:१४

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको असार ३० गते बसेको सञ्चालक समितीको बैठकले सभा भदौ ५ गते बस्ने निर्णय गरको हो । उक्त निर्णयअनुसार सभा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा बिहान ११ बजे बस्नेछ ।

उक्त सभाले आर्थिक वर्ष २०७७।७८ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७८।७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साथै कम्पनीको पूँजी बृद्धि सम्बन्धी बिषेश प्रस्तावलाई समेत अनुमोदन गर्ने र समूह ख सर्वसाधारण समूहबाट एक महिला सहित ४ जना सञ्चालकहरुको चयन गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार साउन १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै खालको लाभांश प्रस्ताव गरेको छैन । यसकारण यसपटक कम्पनीका शेयरधनीहरुको हात खाली हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*