मर्जर प्रक्रियामा रहेका १७ बीमा कम्पनीमध्ये अधिंकाशको स्वाप रेसियो अन्तिम चरणमा, कस्को कति?

काठमाडौं । बीमा समितिले कम्पनीहरुलाई चैत मसान्तसम्म चुक्ता पुँजि वृद्धि गर्ने निर्देशन दिएसँगै पछिल्लो समय बीमा कम्पनीहरूले धमाधम मर्जरको सम्झौता गरेका छन्। बाँकि केही कम्पनीहरुले पनि असारको सुविधा सकिएपनि मर्जरको छलफल चलाईरहेका छन् ।
मर्जर प्रकृयाको पारम्भिक सम्झौतापश्चात् कति कम्पनीहरुले स्वाप रेसियो निर्धारण गरिसकेका छन् भने कतिले डिडिएपश्चात् गर्ने तयारीमा रहेका छन् । समितिले गत चैत १० गते बीमा कम्पनीको चुक्तापुँजी वृद्धिको निर्णय गरेको थियो। बीमा समितिको संचालक समिति बैठकले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। सम्झौताअनुसार मर्जर सफल भएमा ९ वटा कम्पनीमा झर्ने छन्। अहिले रहेका ४१ कम्पनी मध्ये २३ मा झर्नेछन्। अन्य कम्पनीहरु पनि चुक्तापुँजीको दबाबमा रहेकाले मर्जरमै जाने छन्।
हाल संचालनमा रहेका ३९ कम्पनीमध्ये १७ बीमा कम्पनीहरुले मर्जरमा जानका लागि असार मसान्तमै सम्झौता गर्न सफल भएका छन् । दुईले मर्जर प्रकृया सम्पन्न गरि एकिकृत कारोबार समेत सुचारु गरिसकेका छन् । बीमा कम्पनीहरुले पुँजि वृद्धिको प्रतिवेदन बीमा समितिमा बुझाईसकेका छन् । अधिकाश बीमा कम्पनीहरु मर्जरलाई नै प्राथमिकतामा राखेका छन् । बाँकिले भने पुँजिवृद्धिको योजना पेश गरेका छन् ।
मर्जर तथा प्राप्तिमा जाने निर्णय गरेका १९ वटा कम्पनी अब घटेर ९ वटा कम्पनी बन्ने भएका छन्। मर्जर तथा प्राप्तीमा जाने जीवन बीमा कम्पनीमा प्राइम, गुराँस, युनियन, सानिमा, रिलायन्स, सुर्य र ज्योति लाइफ, प्रभु र महालक्ष्मी लाइफ रहेका छन् भने निर्जीवनमा सगरमाथा, लुम्बिनी जनरल, एभरेष्ट, हिमालयन जेनेरल, प्रिमियर, सिद्दार्थ, सानिमा जनरल, जनरल इन्स्योरेन्स, प्रभु र अजोड़ इन्स्योरेन्स रहेका छन्।
जसमा प्राइम, गुराँस र युनियन मिलेर नयाँ कम्पनी बन्नेछ । नाम र सिईओ फाइनल भइसकेको छैन । सानिमा र रिलायन्सले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन। त्यस्तै सुर्य र ज्योति लाइफले तथा प्रभु र महालक्ष्मी लाइफ पनि एक आपसमा मर्जर तथा प्राप्तीमा जाने सम्झौता गरेका छन्।
त्यस्तै निर्जिवन तर्फ सगरमाथा र लुम्बिनी जनरल, प्रिमियर र सिद्दार्थ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स, प्रभु र अजोड़ इन्स्योरेन्सबीच एक आपसमा मर्जर तथा प्राप्तीमा जाने सम्झौता भएको छ। हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको मर्जर सम्पन्न भइसकेको छ ।
बीमा समितिको निर्देशनसँगै हिमालयन र एभरेष्ट इन्स्योरेन्सले १००ः८५ को स्वाप रेसियोमा मर्जर सम्भौता गरेर पहिलो एकिकृत कारोबार गर्ने कम्पनी बनेको छ। बीमा समितिले मर्जरमा जाने कम्पनीहरुलाई विभिन्न छुट र सुविधा दिने निर्णय गरेको थियो। साउनदेखि मर्जरमा जानेहरुले सुविधा उपयोग गर्न पाउने छैनन्।
गाभिए पश्चात कायम हुने आउने सेयरधनीहरूले दुई वर्षभित्रमा सेयर बिक्री गर्दा लाग्ने आयकर छुट पाउनेछन्। बीमक कम्पनीले गाभिएको दुई वर्षभित्रमा लाभांश वितरण गर्दा त्यस्तो लाभांशमा कर नलाग्ने व्यवस्था समेत रहेको छ।
त्यस्तै, गाभिने क्रममा कर्मचारीहरू अवकासमा जान चाहेमा एकमुष्ठ भुक्तानी गर्दा अवकास रकममा कर कट्टी गर्दा ५० प्रतिशत कर छुट दिने व्यवस्थासमेत रहेको निर्देशनमा उल्लेख गरिएको छ। निर्देशनमा २०८० असारमसान्त भित्र मर्जर सम्झौत सम्पन्न हुनेमात्रै सुविधा पाउने समेत उल्लेख गरिएको छ।
सुविधासँगै बीमा कम्पनीहरू धमाधम मर्जरमा जाने घोषणा गरेका थिए। बीमा समितिले चुक्तापुँजी बढाउने निर्णय गरेसँगै कम्पनीहरू मर्जमा जाने सम्झौता गर्न गरिरहेका छन्। जीवन र निर्जीवन बीमा कम्पनीहरू दुवैले मर्जका लागि जोडि खोज्ने र सम्झौता गर्नेक्रम बढेको थियो।
हिमालयन र एभरेष्ट इन्स्योरेन्सले आइतबारदेखि एकिकृत कारोबार सुरु गरेका छन्। त्यस्तै प्रभु र अजोड इन्स्योरेन्सले पनि १००ः७० को अनुपातमा मर्जर सम्झौता गरेका छन्।
त्यस्तै ज्योति लाईफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स पनि मर्जरमा जाने सम्झौता गरिसकेका छन्। दुई कम्पनीबीच डीडीएपछि मात्रै स्वाप रेसियो टुंगो लगाउने सम्झौता गरेका छन्।
त्यस्तै सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्यारेन्सले १००ः१०० को अनुपातमा मर्जर सम्झौता गरेका छन्। कम्पनीको स्वाप रेसियो डिडिए पश्चात् समेत अन्तिम रुपमा दिने मर्जरको चरणमा छलफल भईसकेको छ ।
प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि बराबरी १००ः१०० को स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरिसकेका छन्। तरडिडिए गर्दा १० प्रतिशत भन्दा फरक देखिएमा थपघट समेत हुने छ ।
त्यस्तै सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनीले पनि बराबरी हैसियत १००ः८० स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरेका छन्।
सानिमा जनरल र जनरल इस्योरेन्स कम्पनीले पनि १००ः१०० स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरेका छन्। त्यस्तै, मर्जर कमिटिले डिडिए पश्चात् स्वाप रेसियो परिर्वतन हुने सहमतीमा मर्जर सम्झौता भएको छ।
यता युनियन लाइफ र गुराँस लाइफले पनि मर्जर सम्झौता गरेका छन्। दुई बीमा कम्पनीले पनि डीडीए प्रतिवेदनपछि मात्रै स्वाप रेसियो टुंगो लगाउने सम्झौता गरेका छन्। यता सिद्धार्थ र प्रिमियर इस्योरेन्सले पनि १००ः१०० अनुपातमा मर्जरमा जाने सम्झौता गरिरहेका छन्।प्रभु लाइफ र अजोड इन्स्योरेन्सको १००ः ७०को स्वाप रोसियोमा जाने सम्झौता भएको छ ।
मर्जरमा जाने बीमा कम्पनीलाई यस्ता छन् सुविधा, साउनमा मर्जरमा जानेले नपाउने
असार मसान्तसम्ममा मर्जमा जाने बीमा कम्पनीलाई बीमा समितिले विभिन्न छुट तथा सुविधा प्रदान गर्ने निर्णय गरेको थियो । समितिले २०७९ असार मसान्तभित्र मर्जरमा जान सम्बन्धित निकायमा आवेदन दिने कम्पनीले मात्रै छुट सुविधा पाउनेछन् । साउनमा मर्जरमा जानेले नपाउने भएका छन् ।
समितिको निर्देशनअनुसार मर्जरमा जाने बीमा कम्पनीहरुले आयकर ऐनअनुसार पुँजीगत लाभकर, लाभांश कर र कर्मचारीहरुको अवकाश भुक्तानीमा कर छुट तथा सुविधा पाउनेछन् ।
बीमा कम्पनी गाभिए पश्चात कायम हुने नयाँ बीमा कम्पनीमा कायम रहेको सेयरधनीहरुले आफ्नो सेयर गाभिएको मितिले दुई वर्षभित्र बिक्री भएको वा बिक्री गरेको सेयरमा पुँजीगत लाभकर नलाग्ने समितिले जनाएको छ ।
यस्तै, बीमा कम्पनीहरु गाभिएको दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको सेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने समितिले जनाएको छ ।
गाभिने प्रकृयामा रहेका बीमा कम्पनीहरुले कर्मचारीहरुलाई सामुहिक रुपमा सेवाबाट अवकाश दिने प्रयोजनको लागि गरिने थप एकमुष्ट भुक्तानीमा एकमुष्ट अवकाश भुक्तानी कर कट्टी गर्नुपर्ने दरमा ५० प्रतिशत छुट दिने पनि समितिले जनाएको छ ।
बीमक गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्देशिका, २०७६ अनुसार बीमक गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रयोजनका लागि प्रक्रिया शुरू गरेका वा समितिबाट सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकको हकमा गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रकृया सम्पन्न नभएसम्म समितिको पूर्व स्वीकृति लिई तत्काल कार्यरत संचालक वा अध्यक्ष थप एक कार्यकालका लागि संचालक वा अध्यक्षमा नियुक्त वा मनोनयन हुनसमेत पाइनेछ ।
यस्तै, गाभ्ने र गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा कर्मचारीहरुको साविकमा रहेको पदअनुसारको तह वा श्रेणी भन्दा कम नहुने र खाईपाई भएको तलब भत्ता तथा सुविधा नघट्ने व्यवस्था पनि समितिले गरेको छ ।
मर्जर पश्चात बन्ने कम्पनीका कर्मचारीहरु काम गर्न इच्छुक नभए उपयुक्त सुविधासहितको स्वेच्छिक अवकाशको योजना बनाई लागू गर्न समितिले निर्देशन दिएको छ ।उक्त सुविधाहरु प्राप्त गर्न आयकर ऐनअनुसार गाभ्ने र गाभिने र प्राप्ति गर्न इच्छुक बीमा कम्पनीहरुले २०७९ असार भित्र गाभ्ने र गाभिने आशयपत्र आन्तरिक राजश्व विभागमा दिनुपर्नेछ । गाभ्ने र गाभिनको लागि आशयपत्र दिने बीमा कम्पनीहरुले गाभिने प्रकृया २०८० असारभित्र पूरा गर्नुपर्ने व्यवस्था रहेको छ । छुटको व्यवस्था सकिएसकेको हुँदा नयाँ मर्जर सम्बन्धी कारोबार गर्ने कम्पनीहरुले यस्तो सुविधा पाउने छैनन् ।













