राष्ट्र बैंकद्धारा ४२ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४२ रुपैयाँबराबरको संस्थागत निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकका अनुुसार कर्मचारी उत्पादन कोषमा रहेको रकम सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक र १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरु समेतले लगानी गर्नसक्ने गरी उक्त प्रस्ताव आह्वान गरिएको हो ।
रकम लगानीको लागि सम्बन्धित बैंक तथा फाइनान्स कम्पनीहरुले यही साउन ४ अर्थात बुुधवारसम्म आफ्नो संस्थाले आफ्नो संस्थाले संस्थागत निक्षेपको रुपमा राख्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर प्रस्ताब पेस गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुुसार यसरी राखिने रकमको अवधि तीन सय ५५ दिन अर्थात २०७९ साउन ८ गतेदेखि २०८० असार २८ गतेसम्मको लागि हुुनेछ ।
लगानीको लागि छुुट्याइएको कुुल रकममध्ये वाणिज्य बैंकहरुकको लागि ३६ करोड ६० लाख, विकास बैंकहरुको लागि छ करोड ३० लाख र फाइनान्स कम्पनीहरुको लागि दुुई करोड १० लाख रुपैयाँ छुुट्याइउको छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुुई बर्ष पुुरा गरेको हुुनुुपनर्नेछ । यीबाहेक तोकिएको न्युुनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुुद तरल सम्पती स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।
यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुुँजी अनुुपात यस बैंकले निर्धारण गरेको सिमाभित्र रहेको, सर्वसाधारणको लागि छुुट्याइएको शेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुुनाफा (व्यवस्थापछिको) मा रहेको, लगानी गरिने बैंकको कुुनै पनि सञ्चालक प्रमुुख कार्याकारी अधिकृत वा कार्याकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रम;ख कार्याकारी अधिकृत वा कार्याकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुुधारात्मक कारबाहीमा परेको भए, फुुकुुवा भएको कम्तीमा छ महिना पुुरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुुकु्ुवा भएको छ महिना अवधि पुुरा भएको एवं रियलस्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुुनुुपर्ने प्रावधानहरु तोकिएको छन् ।













