तीन फाइनान्सको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
८ श्रावण २०७९, आईतवार १५:१३

काठमाडौं । आइतबार ६१।०५ अंकले बढेर बजार २०७८।५१ बिन्दुमा पुगेको छ। आइतबार कारोबार रकममा पनि केही सुधार देखिएको छ। २ अर्ब ७३ करोड रुपैयाँको कारोबार हुँदा १७९ कम्पनीको सेयर मूल्य बढेको छ। जसमा युनिलिभर नेपालको सेयर मूल्यमात्रै घटेको छ।
सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स,मल्टिप्रपोज फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ।
स्वाभिमान लघुवित्त, रिलायन्स फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, बेष्ट फाइनान्स, नेशनल हाईड्रो पावर र ग्रिन भेञ्चरको शेयरमा सकारात्मक सुधार आएको छ ।














