मौद्रिक नीतिपछि शेयरबजारमा उछाल, उतारचढाव देखिएको बजारमा लगानीकर्ताको विश्वास फर्कियो

८ श्रावण २०७९, आईतवार १५:१८

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा एकाएक सुधार आएको छ । मौद्रिक नीति सार्वजनिक हुनुअघि गिरावट आएको शेयरबजार शुक्रबार मौद्रिक नीति आएसँगै एकाएक चमत्कारिक सुधार देखिएको हो ।

आज नेप्से परिसूचक ६१ अंकले बढेर २०७८ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २१९ ६४ लाख २३ हजार १५६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ ।

नेप्सेमा सुधार आएसँगै आज कारोबारमा पनि केही सुधार देखिएको छ । मौद्रिक नीतिमा शेयर कर्जामा लागेको ४।१२ को सीमामा ४ खारेज हुँदा लगानीकर्ताहरुमा केही उत्साह थपिन पुगेको हो ।

लगानीकर्ताहरुमा यसअघि चालु आर्थिक वर्षमा २०७९।८०को मौद्रिक नीतिमा ४।१२ को सीमा खारेज हुने पखाईमा थिए । तर मौद्रिक नीतिमा ४ खारेज गरी १२ कायमै रहेको छ । तरपनि आज शेयरबजारमा रौनकता छाउन पुगेको छ ।

नेप्सेमा रहेका सबै सूचकमा आज हरियाली छाएको छ । सर्र्वाधिक प्रतिशतका आधारमा अन्य समूहको ६.९३ प्रतिशतले बढेको छ भने रुपैयाँका आधारमा जीवन बीमा समूहको २०७ रुपैयाँ ७७ पैसाले बढ्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*