मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर बनाउने “ग्लोबल आईएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक

८ श्रावण २०७९, आईतवार १८:५६

काठमाडौं ।  ग्लोबल आईएमई बैंकले ग्राहकको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोहीअनुसार बनाउन सकिने “ग्लोबल आईएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ ।बैंकले ल्याएको योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरुको चाहनाबमोजिम सो भन्दा अझ बढी हुने जनाइएको छ ।

यस योजनामा निर्धारित ब्याजदरका लागि आवश्यक ब्याज प्रचलित दरअनुसार लागू हुनेछ । यो खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ । यसले ग्राहकलाई आफ्नो निक्षेपको उच्चतम प्रतिफल प्राप्त गर्न टेवा पुर्याउने बैंकको विश्वास रहेको छ ।

ग्राहकहरूको सुविधालाई मध्यनजर गरी बैंकले समयानुकूल यस्ता योजना सार्वजनिक गर्दै उच्चतम प्रतिफल प्रदान गरी प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ । सतहत्तरै जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवाकेन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*