मन्दाकिनी हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला, कति कित्ता भर्ने आवेदन ?

९ श्रावण २०७९, सोमबार ०५:५८

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले सर्वसाधारणको लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) आजदेखि बिक्री खुल्ला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

आज विहान १०ः०० बजेदेखि मेरोशेयर एपमार्फत तथा सि आश्वा सदस्यता प्राप्त बैंकका शाखा कार्यालयमार्फत उक्त शेयरमा आवेदन दिन सकिनेछ ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल सेयरमध्ये ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि आरक्षित गरेको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा छिटोमा १२ साउनसम्म र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने अवधि २३ साउन गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

पछिल्लो समय केही घटेपनि आईपिओमा आवेदन दिनेहरुको संख्या उल्लेख्य नै रहेकोले मागभन्दा ज्यादै धेरै आवेदन पर्ने भएकोले बाँडफाँडको विधि गोलाप्रथा नै हुने हुँदा १० कित्ता भन्दा बढिका लागि आवेदन दिनुपर्ने छैन । तर, अधकल्चो रहेको केही कित्ता शेयर बाँडफाँड १० कित्ता भन्दा बढि आवेदन गर्नेबाट छनौट गर्न सक्ने भएकोले २० कित्ताको लागि आवेदन गर्दा अधकल्चो शेयर १–१ कित्ताका लागि हुने गोलाप्रथा भाग लिन पाइने हुँदा २० कित्तामा आवेदन दिँदा पनि फरक पर्दैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*