एनसीसी बैंकको खुद नाफामा उल्लेख्य सुधार, वितरणयोग्य मुनाफा साढे १ अर्ब पुग्दा इपिएस समेत बढ्यो

९ श्रावण २०७९, सोमबार ०७:२६

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी बैंक)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब २ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवै बढ्न पुगेको छ । यसकारण पनि बैंकको नाफा बढ्नमा टेवा पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.९३ प्रतिशत बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ३९.१७ प्रतिशतले बृद्धि भएर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, खुद फि तथा कमिसन आम्दानी ५३.४५ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २५ पैसा बढेर १८ रुपैयाँ १५ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.६२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेर ११ अर्ब १३ करोड रुपैयाँ पुगेकोमा जगेडा कोषको आकार २२.९६ प्रतिशत बढेर ५ अर्ब ३२ करोड रुपैयाँ संचित रहेको छ ।

त्यस्तै यस अवधिसम्म बैंकको निक्षेप २६.१६ प्रतिशत बढेर १ खर्ब ३४ अर्ब ५७ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ भने यस अवधिसम्म बैंकले कर्जा परिचालन २८.१३ प्रतिशत बढाएर १ खर्ब २१ अर्ब १९ करोड रुपैयाँ प्रवाह गर्न सफल भएको छ ।

छ भने जगेडा कोष २२.९६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २६.१६ प्रतिशत र कर्जा २८.१३ प्रतिशत बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*