‘खल्ती’ एपबाट निःशुल्क एसईईको नतिजा हेर्न सकिने, यस्तो छ प्रक्रिया

काठमाण्डौ । ‘खल्ती’ एपको प्रयोग गरेर एसईईको नतिजा निःशुल्क हेर्न सक्नेभएको छ । खल्तीएपले एसईई विद्यार्थीको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको छ ।
उक्त सहकार्यसँगै अब एसईई २०७८–७९ ब्याचका विद्यार्थी र अभिभावकले सजिलै र निःशुल्क खल्तीमार्फत नतिजा हेर्न सक्नेछन् । नतिजा हेर्नका निमित्त प्रयोगकर्ताले खल्ती एपमा गई एसईई रिजल्टमा ट्याप गरी आफ्नो सिम्बोल नम्बर र जन्म मिति राख्नुपर्नेछ । राखिएको सबै विवरण ठिक भएमा एसईईको नतिजा तुरुन्तै उपलब्ध हुनेछ र यसरी खल्तीबाट नतिजा हेर्ने कुनै पनि शुल्क लाग्ने छैन ।
यस सेवाका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘एसएलसीको नतिजा पत्रिकामा हेर्नुपर्ने समय परिवर्तन भएर एसएमएसबाट हेर्न मिल्ने भएको प्रक्रियामा सहजता महसुस भएको थियो । अहिले हामी खल्ती एपबाटै निःशुल्क नतिजा हेर्न मिल्ने समयसम्म आइपुगेका छौँ र यो प्रविधिमा ठूलो रुपान्तरण हो ।’













