स्नो रिभर्सको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
११ असार २०८३, बिहीबार १६:२२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्नो रिभर्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको ९३ लाख ७५ हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको १८ लाख ७५ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७५ लाख कित्ता शेयर गरी कुल ९३ लाख ७५ हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो। अब कम्पनीको शेयर भोली शुक्रबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।











