बीमा क्षेत्रमा बैकल्पिक वितरण प्रणाली सम्बन्धी अन्तरक्रिया

११ असार २०८३, बिहीबार १६:२१

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बुधबार बीमा क्षेत्रमा बैकल्पिक वितरण प्रणाली सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमा क्षेत्रमा बैकल्पिक वितरण प्रणालीको उपयोगिता एवम् प्रभावकारिता, बैकल्पिक वितरण प्रणालीको विद्यमान अवस्था, टेलिफोन, इन्टरनेट पेमेन्ट गेटवे र डिजिटल वालेट जस्ता संस्थाहरूलाई बैकल्पिक वितरण प्रणालीमा समावेशको अवसर तथा चुनौती लगायतका विषयमा अनुभव आदान–प्रदान गर्ने, छलफल गर्ने र सुझावहरू सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले बीमा क्षेत्रमा बैकल्पिक वितरण प्रणालीलाई प्रभावकारी रुपमा अगाडि बढाउने सन्दर्भमा आइपर्ने समस्याहरू समाधान गर्नका लागि प्राधिकरणले आवश्यक सहजीकरण गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पुष्पा कुँवरले बीमा क्षेत्रमा बैकल्पिक वितरण प्रणालीको सम्भावना सम्बन्धी प्रस्तुती गर्नुहुँदै प्राधिकरणले बीमा क्षेत्रमा बैकल्पिक वितरण प्रणालीलाई अझ सशक्त रूपमा अगाडि बढाउने सन्दर्भमा अध्ययन गर्दै आएको जानकारी दिनुभयो ।

उपनिर्देशक कुँवरले बैकल्पिक वितरण प्रणाली मार्फत बैदेशिक रोजगारीमा गएका लगायत बीमाको पहुँच नपुगेका स्थान र बर्गमा सहज रूपमा बीमा सेवा पु¥याउन सकिने भएकाले प्राधिकरणले यस प्रणालीको विस्तारलाई प्रोत्साहन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा नेपाल टेलिकम, एनसेल, पेमेन्ट गेटवे र डिजिटल वालेटका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*