सिद्धार्थ बैंकले पायो ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन–२०२१’ अवार्ड

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड बैंकिङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन–२०२१’ अवार्ड पाएको छ । बैंकले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जबाफदेहीता र सुशासनमा निर्वाह गरको भुुमिकालाई मध्यनजर गर्दै आईक्यानले आर्थिक वर्ष २०२०–२१ लागि सो अवार्ड दिएको हो ।
उक्त अवार्ड शुक्रबार काठमाण्डौको एभरेस्ट होटलमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्याल र आईक्यानका अध्यक्ष युद्धराज ओलीद्वारा संयुक्त रुपमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई हस्तान्तरण गरेका गरिएको थियो ।बैंकले सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पुर्याउने उद्देश्यले बैंकले देशभर १९० वटा शाखा (४ एक्सटेन्सन काउन्टरसहित), ११७ शाखारहित बैंकिङ सेवा र २ हजारभन्दा बढी पीओएस् मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बंैैकिङ सेवा प्रदान गर्दै आएको छ ।













