निवर्तमान अर्थमन्त्री शर्माको मोबाईल कल डिटेल निकाल्ने प्रस्ताव बिशेष समितिमा
९ श्रावण २०७९, सोमबार १५:५०

काठमाडौं ।बजेट सार्वजनिकको अघिल्लो रात मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दायरा हेरफेर गरेको आरोपपछि छानबिनको लागि बनेको बिशेष संसदीय समितिले निवर्तमान अर्थमन्त्रीको कल डिटेल हेर्ने भएको छ।एक साता थप गरिएको सांसदीय समितिले छनबिनलाई थप तिव्रता बनाएको छ। आज बसेको समितिको बैठकमा एमाले सांसद खगराज अधिकारीले छानबिनको टुंगोमा पुग्न कल डिटेल नै प्रमुख माध्यम रहेको तर्क रहेको छ ।
समितिमा रहेका एमालेका अन्य तीन सांसदले पनि मोबाइलको कल डिटेल र लोकेसन हेरेर प्रमाण संकलन गर्नुपर्ने धारणा राखेका थिए ।कांग्रेस सांसद मानबहादुर विकले कल डिटेल हेर्ने अधिकार न्यायिक समितिलाई मात्रै भएको जिकिर गरेका थिए । कल डिटेल हेर्ने अधिकार हामीलाई छ कि छैन हामी अदालत हैनौ भन्दै उत्तर दिएका थिए ।













