ग्लोबल आइएमई बैंकको मोबाइल एपबाट आठ लाख चोरियो, प्रहरी अनुसन्धान सुरु

काठमाडौं । बैंकमा रकम जम्मा गरेर विदेश गएर वा नेपालकै कुनै ठाउँमा ढुक्क बस्दै हुनुहुन्छ भने अब सचेत हुनुपर्ने भएको छ । मलेसियामा पसिना रगत पसिना गरेर कमाएको आठ लाख रुपैयाँ ग्लोबल आईएमई बैंकको मोबाईल एपबाट चोरिएपछि एक युवा घर न घाटको अवस्थामा पुगेका छन् ।
ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ् सुविधामा हदैसम्म लापरवाही देखिएको छ । एउटै व्यक्तिको नामबाट ८ लाख रुपैयाँ मोबाईल र्बैंकिङ्बाट गायब भएसँगै बैंकको हदैसम्मको लापरवाही देखिएको हो । ग्राहकको पुरानो सिमकार्ड दुरुपयोग गरेर ग्लोबल आइएमई खातामा रहेको आठ लाख रुपैयाँ चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सुनसरीको कोशी गाउँपालिका घर भएका महेशप्रसाद भिन्डवारको मोबाईल बैंकिङ्मा यस्तो समस्या देखिएको हो । जसको कारण उनको हालको दिनचर्या अपराध महाशाखा धाउने र बैंकमा धाएर नै बितिरहेको छ ।
भिन्डवार वैदेशिक रोजगारको शिलशिलामा मेलिसियामा काम गर्ने श्रमिक हुन् । उनी केही दिन अघि मात्रै नेपाल आएका हुन् । नेपाल आएर आफ्नो खातामा रहेको रकम निकाल्न जाँदा जम्मा एक हजार ६०० रुपैयाँ मात्रै देखेपछि उनी छाँगाबाट खसे झै हुन पुगेका थिए ।
वैदेशिक रोजगारी गर्ने भिन्डवारको मलेसिया फकर्ने समय भईसकेपनि ग्लोबल आइएमई बैंकको लापर्वाहीको कारण उनलाई समस्या भईरहेको छ । उनले उनको मलेसियाको टिकट अघिल्लो साताको थियो । तर अनुसन्धानको क्रम जारी भएको कारण उनी जान नपाएको बीमापोष्टलाई जानकारी दिए ।
उनले विदेशमा दुःख गरेर कमाएको रकम ग्लोबल आईएमई बैंकमाआठ लाख रुपैयाँ जम्मा गरेका थिए । यसअघि नेपाल आएका उनले आफ्नो बैंक खातामा जम्मा भएको पैसा निकाल्न खोजे । तर खातामा एक लाख १६ सय रुपैयाँभन्दा बढी थिएन । बाँकी सात लाख उनको खाताबाट झिकिएको बैंकले जानकारी दियो ।
आठ लाख रुपैयाँ जम्मा भएको बैंकमा कसरी १६ सय मात्र भयो भन्ने उनको मनमा प्रश्न उठ्यो । एकछिन छाँगाबाट खसेजस्तै भए । बैंकमा बुझँदा मोबाइल बैंकिङबाट रकम झिकिएको जानकारी दिइएको छ ।
तर सन् २०१६ मा आउँदा आफूले मोबाइल बैंकिङका लागि कुनै फाराम नै नभरेको दाबी महेशले गर्दै आएका छन् । सन् २०२० मार्चमा नेपाल आएका बखत रकम झिक्नु अघि आफू बैंकमा नपुगेको उनले सुनाए । तर, महेश नेपाल फर्किए पश्चात नै यो सबै घटना घटेको प्रहरी अनुसन्धानमा देखिन्छ । बैंक खाता खोल्दा प्रयोग गरेको सिमकार्ड अझै पनि उनीसँगै छ ।
तर, एनसेलको सिम लिएका उनले उक्त सिम एनसेलले अरुलाई नै दिएको हुनसक्ने देखिएको छ । तर, तीन वर्षपछि मात्रै स्वदेश फर्किएकाले खाता खोल्दा प्रयोग भएको सिमकार्ड बन्द भइसकेको थियो । उनले उताबाट फर्किएपछि उनले एनसेलको नयाँ सिमकार्ड लिए । पहिला पनि उनीसँग एनसेलकै नम्बर थियो ।
त्यसबीच उनले खाताबाट आफ्नो पैसा हराएको भन्दै बैंकमा निवेदन दिइसकेका थिए । भिन्डवारले आफै मोबाइल बैंकिङ प्रयोग गरेको बैंकको दावी छ । जसले गर्दा उक्त पैसा फिर्ता गर्न नसकिने दाबी ग्लोबल आईएमई बैंकले गर्दै आएको छ ।
त्यसपछि उनले प्रहरी समक्ष उजुरी दिएका हुन् । पछिल्लो पटक पुनः पैसा गायब भएको विषयलाई बैंकले आफ्नो कमजोरीको रूपमा स्वीकार गरेको छ । अनुसन्धानका क्रममा उनकै नागरिकता प्रयोग गरेर त्यही नम्बर अर्को पटक निकालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरी अध्ययनले यसमा बैंकका कर्मचारीकै मिलोमतो हुनसक्नेतर्फ इसारा समेत गरेको छ । यद्यपि अनुसन्धान बाँकी भएकोले अहिले नै निष्कर्ष दिनु छिटो हुनेछ । यस विषयमा अझै अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।













