एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१० श्रावण २०७९, मंगलवार ११:२७

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष महेन्द्र कुमार गोयलको प्रमुख अध्यक्षतामा सिद्धार्थ होटल, विर्तामोड, झापामा सम्पन्न भएको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँबाट ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५१ लाख ५२ हजार रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने सम्बन्धि सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियार प्रदान गर्ने, संचालकको बैठक भत्ता बृद्धि गर्ने, प्रदेश स्तरीय बैंक बनाउनको लागि कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारित गरेको छ ।

यसबाहेक गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण जस्ता अनुसूचीहरुमािथ छलफल गरी पारित गरेको छ ।

साथै सोही सभाले आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने प्रस्तावलाई अनुमोदन गरि पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ असार २८ गते देखि साउन ९ गतेसम्म बुकक्लोज गरेको थियो । यसअनुसार असार २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त सभामा उपस्थित जनाई प्रस्तावित लाभांश पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*