मन्दाकिनी हाइड्रोपावरले गरायो आयोजनामा संचालन हुने सामग्रीको १८ लाखको बीमा

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले सर्वसाधारणको लागि आइपीओ जारी गरेको छ । कम्पनीले जारी गरेको आइपीओमा आवश्यक संरचना औजार र उपकरणहरुको जोखिमको बीमा गराएको कम्पनीले जनाएको छ।

कम्पनीले १८ लाख १६ हजार ७ सय ९४ रुपैयाँ बराबरको बीमाशुल्क वापतको बीमा गराएका छन् । कम्पनीले ९५ प्रतिशत बीमा सगरमाथा इन्स्योरेन्समा बीमा गराएको छ। कम्पनीले गुप्र मेडिकल इन्स्योेरेन्स स्टाफ, ग्रुप मेडिकल इन्स्सोरेन्स संचालक, गु्रप अक्सीडेन्टल इन्स्सोरेन्स स्टाफ एण्ड संचालक, मोटरबाइक इन्स्सोरेन्स, प्रोजेक्ट इक्युपमेन्ट इन्स्सोरेन्स, प्रोजेक्ट इन्स्योरेन्स सार्दीखोलाको सगरमाथा इन्स्योरेन्समा बीमा गराएको छ। त्यस्तै,अटोमोबाइल इन्स्सोरेन्स भने कम्पनीले एभरेष्ट इन्स्योरेन्स कम्पनीमा गराएको छ। कुनै पनि जलविधुत् कम्पनीहरुले एउटै बीमा कम्पनीबाटछ मात्र बीमा गराउन पाउने प्रावधानमान छैन ।जोखिम सुरक्षण विभाजन गरि बीमा गराउने प्रावधान नेपालको बीमा ऐनमा रहेको छ।
सम्भावित जोखिमहरुलाई न्यूनीकरण गर्न उपकरणहरुको ह्रास खर्चको ब्यबस्थाको साथै केन्द्र र आयोजनाका आवश्यक संरचना, मेसिन, औजार र उपकरणहरुको जोखिमलाई न्यूनीकरण गर्न र आयोजना बन्द भएमा बन्द भएको अवधिको नोक्सान वापतको जोखिम सुरक्षण गर्न बीमा गर्ने गरिन्छ ।













