मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदनको ओईरो, कतिले दिए आवेदन ?

काठ माडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओमा ७० करोड ८३ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ।सीडीएसका अनुसार आज बिहानसम्ममा ६ लाख १३ हजार ६९७ जनाले ७० लाख ८३ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणबाट माग गरिएको भन्दा ६.४७ गुण बढी आवेदन हो ।
कम्पनीले सोमबार (साउन ९ गते) बाट ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यो मध्ये ५% अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा साउन १२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।













