ग्रामिण विकास लघुवित्तको नियमावली संशोधन
१० श्रावण २०७९, मंगलवार १३:३७

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नियमावली संशोधन गरेको छ ।
लघुवित्तले संस्थाको नियमावली संशोधनका लागि नेपाल राष्ट्र बैंकको गत जेठ १८ को स्वीकृतिअनुसार कम्पनी रजिष्ट्रार कार्यालयमा पेश गरिएको र सो कार्यालयबाट असार १५ गतेको पत्रानुसार संस्थाको नियमावली ८(२क) को उपनियम (ख) मा भएको संशोधनलाई अभिलेख गरी संशोधित गरेको हो ।
संस्थाको नियमावली ८ (२क) को उपनियम (ख)मा यसअघि बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझदारीबाट मनोनित वा निर्वाचित २ जना हुनुपर्ने रहेकोमा लघुवित्तले नियमावली संशोधन गरी अब कम्तीमा १ जना महिला सदस्यसहित २ जना निर्वाचित गर्नुपर्ने संशोधन गरेको हो ।














