हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । मौद्रिक नीतिपछि सुधार देखिएको शेयरबजारको उकालो यात्रामा आज ब्रेक लागेको हो ।
राष्ट्र बैंकले साउन ९ गते सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरुको निक्षेप तथा बैकिङ्ग प्रणालीबाट ६४ अर्ब गायब भएपछि त्यसको प्रभाव आज शेयरबजारमा देखिएको हो ।
आज नेप्से परिसूचक ४४ अंकले घटेर २०८८ को विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोडमाथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको १९ करोड ३६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, अरुण काबेली पावरको १५ करोड ५७ लाख, अरुण भ्याली हाइड्रोपावरको १० करोड २४ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ८० लाख र राधि विद्युत कम्पनीको ८ करोड ३५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।














