मेरो माइक्रोफाइनान्स लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, प्लस टु उत्तिर्णलाई समेत अवसर

११ श्रावण २०७९, बुधबार ११:५९

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

लघुवित्तले व्यवस्थापक प्रशिक्षार्थी, कनिष्ठ सहायक र कनिष्ठ सहायक (परिक्षार्थी) पदको लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले सो पदहरुका लागि न्युनतम प्लस टु उत्तिर्ण देखि स्नातक तह उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन २५ गतेभित्र कम्पनीको वेबसाइट http://meromicrofinace.com/  मार्फत दरखास्त दिन सक्नेछन् ।

 

लघुवित्तमा कर्मचारी आवश्यकता(फाइनान्सियट नोटिस डटकमबाट लिइएको सूचना)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*