चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
११ श्रावण २०७९, बुधबार १५:११

काठमाडौ । नेप्से २३ अंकले बढ्दा २१११।।९९ को विन्दुमा कायम भएको छ। लगातार दुई दिन बढेको शेयर बजार हिजो ओरालो लाग्दै आज पुनः हरीयाली छाएको छ ।आज जानकी फाइनान्स, युनाईटेड मोदी, राष्ट्र उत्थान लघुवित्त, नेष्डो लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, जालपा लघुवित्त, युनिभर्सल पावर, युनियन हाईड्रोपावर, लिवर्टी इनर्जी, माहुली लघुवित्त र ग्रिन लाइफ हाईड्रोपावरको शेयर उकालो लागेको छ।














